Websoft University

कृषि अुदान ऋणमा साना किसानको पौच बढउने समझदारी भयो



काठमाण्डौ साउन ३ गते । रातो तारा डट कम,रसुवाको नौकुण्डमा कृषि अुदान ऋणमा सम्झौता गरिएको छ । नौकुण्ड गाउँपालिका र ग्लोबल आइएमई बैंकबीच किसानलाई कृषि अनुदान ऋणमा साना किसानको पँहुच बढाउनको लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा बैंकको नौकुण्ड शाखाका प्रबन्धक रमेश पनेरु र गाउँपालिका अध्यक्ष नुर्वुस्याङवो घलेले हस्ताक्षर गरेका हुन् । सो सम्झौता अनुसार बैंकले नौकुण्ड गाउँपालिकाको विभिन्न स्थानमा बाख्रापालन, डेरी, तरकारी खेती, कुखुरापालन, बङ्गुरपालन, माछापालन तथा विभिन्न फलफूलहरुको उत्पादन गर्ने कृषकहरुलाई गाउँपालिकाको सिफारिसमा सहुलियतपूर्ण ऋण उपलब्ध गराउने जनाएको छ । त्यसका लागि गाउँपालिकाले साना किसानहरुलाई आवश्यक तालिमको व्यवस्था गर्ने गापा अध्यक्ष घलेले बताउनुभयो । नौकुण्ड गापामा अधिकांश तामाङ समुदायको वसोवास रहेको छ ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.