Websoft University

नियन्त्रित लागुऔषध ब्राउनसुगर सहित ५ जना पक्राउ


बिराटनगर, श्रावण ३ गते । रातो तारा डट कम, 
झापा र उदयपुरका दुई छुट्टाछुट्टै स्थानबाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित ५ जना पक्राउ परेका छन् । शनिवार दिउँसो ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका-३ का ३० बर्षीय प्रफुल राजंशीलाई २ ग्राम २३० मिलिग्राम नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो । राजवंशीको साथबाट प्रहरीले लागुऔषध सहित डिजिटल काटा १ थान , नगद. ५,२३० रुपैयाँ र बिभिन्न कम्पनीको ४ थान मोवायल समेत बरामद गरेको छ । यसैगरी उदयपुरको ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरी टोलीले बेलका नगरपालिका-९ बाट लागुऔषध ब्राउनसुगर सहित ४ जनालाई पक्राउ गरेको छ । बिशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले शनिवार राती १० बजे ७५ मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित स्थानिय ३६ बर्षीय दिनेश खड्का, बेलका नगरपालिका-२ का ३७ बर्षीय बिनोद परियार, बेलका नगरपालिका-७ का २८ बर्षीय मेजरमान राई र २९ बर्षीय बोगटी भनिने जिवन राई लाई पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 


 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.