Websoft University

अबैध समान बरामद


झापा, श्रावण ३ गते । 
रातो तारा डट कम, झापाका दुई छुट्टाछुट्टै स्थानबाट अन्दाजी ७ लाख ७५ हजार रुपैयाँ बराबरको अबैध समान बरामद भएको छ । जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका-४ आमडागीबाट शनिवार राती साँढे ९ बजे अन्दाजी २ लाख ७५ हजार रुपैयाँ बराबरको जुस, लत्ता कपडा र सुर्तिजन्य पदार्थ बराबद गरेको हो । यसैगरी ईलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले शनिवार राती पौने ११ बजे मेचीनगर नगरपालिका-६ बाट भारतबाट नेपाल तर्फ अबैध रुपमा भित्र्याउदै गरेको अन्दाजी ५ लाख रुपैयाँ बराबरको कपडा बरामद गरेको छ । अबैध रुपमा बरामद भएको समानहरु आवश्यक कारवाहीको लागी भन्सार कार्यालय काकडभिट्टा बुझाउने तयारी भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.