Websoft University

प्रतिनिधि सभा र राष्ट्रिय सभाको पहिलो बैठक बेलुका ४ बजे बोलाइयो


काठमाण्डौ साउन ३ गते । रातो तारा डट कम,सर्वोच्च अदालतको आदेशपछि पुनस्र्थापित प्रतिनिधिसभाको बैठक आज बस्दैछ । आठौँ अधिवेशनको पहिलो बैठक बेलुका ४ बजेका लागि बोलाइएको छ । बैठकमा अघिल्लो सरकारले ल्याएका केही विधेयकलाई प्रक्रियामा लग्ने कार्यसूची रहेको छ । 

यद्यपी कति विधेयक प्रक्रियामा लैजाने भन्ने बारेमा अन्तिम टुङ्गो लागिसकेको छैन । अघिल्लो सरकारले १५ वटा अध्यादेश जारी गरेको थियो । सर्वोच्चको परमादेशपछि प्रतिनिधि सभा पुनस्र्थापनासँगै साढे तीन वर्षदेखि सत्तामा रहेको नेकपा एमाले सरकारबाट बाहिरिएर प्रतिपक्षीमा पुगेको छ । 

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएसँगै एमाले प्रमुख प्रतिपक्षी दलको भूमिकामा पुगेको हो । गत असार २८ गते सर्वोच्च अदालतको संवैधानिक इजलासले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले विघटन गरेको प्रतिनिधिसभालाई पुनस्थापना गर्न आदेश दिएको थियो ।

 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.