Websoft University

युरोकप फुटबलको सेमिफाइनलमा इटाली र स्पेनबीच प्रतिस्पर्धा हुने


काठमाण्डौ असार २२ गते । रातो तारा डट कम, १६ औं संस्करणको युरोकप फुटबलको पहिलो सेमिफाइनल खेल आज हुँदैछ । इंग्ल्यान्डको वेम्बली स्टेडियममा हुने पहिलो सेमिफाइनलमा इटाली र स्पेनबीच प्रतिस्पर्धा हुनेछ । राति  १२ ः ४५ मा सुरु हुने यी दुई टोलीबीचको खेलमा दुबै टोली जित निकाल्दै फाइनल पुग्न चाहन्छ । इटाली र स्पेनबीचको विजेताले फाइनलमा इंग्ल्यान्ड र डेनमार्कबीचको विजेतासँग खेल्नेछ । इंग्ल्यान्ड र डेनमार्कबीचको दोस्रो सेमिफाइनल भोलि राति १२ ः ४५ मा सुरु हुनेछ । इटालीले फिफा वरीयताको शीर्ष टिम बेल्जियमलाई हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । यस्तै तीन पटकको च्याम्पियन स्पेनले क्वाटरफाइनलमा १० खेलाडीमा सिमित स्विट्जरल्यान्डलाई पेनाल्टी सुटआउटमा ३–१ गोल अन्तरले पराजित गरेर सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।


 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.