Websoft University

कोरानाविरुद्धको भेरोसेल खोपको दोस्रो मात्र पनि आजबाट लगाउन सुरु गर्ने


काठमाण्डौ असार २२ गते । रातो तारा डट कम, सरकारले आजबाट कोरानाविरुद्धको भेरोसेल खोप लगाएकाहरूलाई दोस्रो मात्रा लगाउँदैछ । जेठ २५ गतेदेखि २९ गतेसम्म देशभर ६० देखि ६४ वर्ष उमेर समूहका नागारिकलाई भेरोसेलको पहिलो मात्रा खोप लगाइएको थियो । पहिलो मात्रा लगाएका ३ लाख ७० हजार भन्दा बढी नागरिकलाई आजबाट खोपको दोस्रो मात्रा लगाउन थालिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । खोप लगाउन जाँदा पहिलो मात्रा खोप लगाएको कार्डपनि लिएर जान मन्त्रालयले आग्रह गरेको छ । यस्तै खोप अभियानमा भेरोसेल खोपको दोस्रो मात्रा लगाउन छुटेकाले समेत आजबाट सुरु हुने खोप अभियानमा दोस्रो मात्रा लगाउन सक्ने छन् । काठमाडौँ उपत्यकामा ६० देखि ६४ वर्ष उमेर समूहका व्यक्तिलाई र काठमाडौँबाहिर ६२ देखि ६४ उमेरका व्यक्तिलाई खोपलगाइएको थियो । सरकारले काठमाडौं उपत्यकासहित देशभर खोप अभियान सञ्चालन गर्न लागेको हो । 





Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.