Websoft University

जोर बिजोर प्रणाली हट्यो


काठमाण्डौ असार २२ गते । रातो तारा डट कम, उपत्यकाभित्र चल्ने सार्वजनिक तथा निजी सवारी साधनमा जारी जोर–बिजोर प्रणाली आजबाट हटेको छ । काठमाडौँ उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले माइक्रो, टेम्पोलगायत सवारीसाधनन आजबाट चल्न दिने निर्णय यसअघि नै गरिसकेको छ । जिल्ला प्रशासन कार्यालयको अनुमतिमा आजदेखि काठमाडौँ उपत्यका प्रवेश गर्न पनि कुनै समस्या नहुने काडमाडौँका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जानकारी दिनुभयो । उहाँका अनुसार सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु भने राख्न पाइने छैन भने मास्कलगायत स्वास्थ्यका मापदण्ड अनिवार्य रूपमा पालना गर्नुपर्नेछ । बेलुकी ९ बजेदेखि बिहान ५ बजेसम्म भने निर्माण सामग्री ढुवानी गर्न पाइनेछ । निषेधाज्ञा भने यही असार ३१ गतेसम्मलाई थप गरिएको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.