Websoft University

कोरोना संक्रमित एकै परिवारका दुई दाजु भाईको चार दिनको फरकमा मृत्यु

 


गाईघाट १९ जेष्ठ । रातो तारा डट कम,कोरोना संक्रमित एकै परिवारका दुई दाजु भाईको चार दिनको फरकमा मृत्यु भएको छ । उदयपुरको रौतामाई गाउपालिका ७ मुर्कुचिका ५० वषिय पुष्कर मगर र ४५ वर्षिय तुल बहादुरको चार दिनको फरकमा मृत्यु भएको हो । 

स्वास प्रश्वासमा समस्या देखिएपछि पुष्कर लाई बिराटनगरस्थीत नोवेल शिक्षण अस्पताल र तुल बहादुरुलाई बिराट मेडिकल शिक्षण अस्पताल भर्ना गरीएको थियो । उपचारकै क्रममा जेष्ठ १५ गते राती तुल बहादुरको मृत्यु भएको थियो । तुल बहादुरको काजकिरीया चलिरहेको अबस्थामा जेठा पुष्करको पनि मंगलबार राती नोवेलमा उपचार भैरहेको वेला मृत्यु भएको जिल्ला अस्पताल उदयपुरका प्रमुख मोहन सुवेदी ले बताए । दुई साता अघि गरीएको परिक्षणमा मृतक सहित ३ जना दाजु भाईमा कोरोना पोजेटिभ देखिएको थियो । 

उनीहरु मदन भण्डारी आखा अस्पताल गाईघाटमा स्थापना गरीएको आईसोलेसनमा बसेका थिए । आईसोलेसनमा रहेको बेला मृतक दुवैमा स्वास प्रस्वासमा समस्या देखिएपछि बिराटनगर रेफर गरिएको थियो । एकै दिन तिन दाजु भाईमा कोरोना पोजेटिभ देखिएर उपचार भैरहेकोमा कान्छा भाई संतोष भने कोरोना जितेर घर फर्किएकाछन । उनले आफु बाचे पनि दुई दाजु गुमाएकोमा निकै दुखि भएको बताए ।

 त्यसैगरी कोरोना संक्रमित एक युवाको बुधबार बिहान मृत्यु भएको छ । बिराट मेडिकल शिक्षण अस्पतालमा एक साता देखि उपचारत त्रियुगा नगरपालिका ११ गाईघाट टेम्पोचौकका  मेडिकल संचालक ४० वर्षिय युवाको मृत्यु भएको त्रियुगा नगरपालिकाका स्वास्थ्य सहायक अवोधनारायण चौधरीले बताए । उदयपु्रमा यो संगै कोरोना बाट मृत्यु हुनेको संख्या ३६ पुगेको छ ।  


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.