Websoft University

आज नेपालमा ५ हजार ३ सय १६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएका छन ।


काठमाण्डौ जेठ १९ गते । रातो तारा डट कम, नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार ३ सय १६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १३ हजार ८ सय ५ जनाको पीसीआर परीक्षणमा ४ हजार ५२४ र ३ हजार ७३ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ७९२ जना गरी कुल ५ हजार ३१६ जना कोरोना सङ्क्रमित थपिएका हुन् । पछिल्लो २४ घण्टामा थप १ सय १ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । आज देशभरका विभिन्न अस्पतालबाट ७ हजार २१९ जना कोरोना सङ्क्रमित निको भएर डिस्चार्ज भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।  निको हुने दर ८० दशमलब ८ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ । हाल नेपालमा सक्रिय सङ्क्रिमतको संख्या १ लाख १ हजार ९९३ रहेको मन्त्रालयले जनाएको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.