Websoft University

राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण आजबाट सुरु हुने


काठमाण्डौ असार ८ गते । रातो तारा डट कम,नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण आजबाट सुरु हुने भएको छ । क्यानका म्यानेजर विनोद दासले टिमको बन्द प्रशिक्षणको तालिका हिजोबाट भए पनि खेलाडीहरूले औपचारिक रुपमा आजबाट अभ्यास गर्ने जानकारी दिनुभयो । 

स्पेनमा आयोजना हुने आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत स्कटल्याण्ड र नामिबियासँगको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि नेपाली टोलीले तयारी सुरु गर्न लागेको हो । 

नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली टिमको प्रशिक्षण आजबाट कीर्तिपुरस्थित टियु मैदानमा हुने जनाएको छ । क्यानले प्रशिक्षणमा सहभागी हुने १९ खेलाडी र ३ अफिसियलको कोरोना परिक्षण गरिसकेको छ ।   


 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.