Websoft University

प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् पुनर्गठनगरेकोमा को को परे छन एक पट हेरौं,

 


काठमाण्डौ जेठ २२ गते । रातो तारा डट कम प्रधानमन्त्री केपी शर्मा ओलीले जसपालाई सहभागी गराएर मन्त्रिपरिषद् पुनर्गठन र कार्यविभाजन गर्नुभएको छ । नवनियुक्त उपप्रधानमन्त्री तथा मन्त्रीहरूले हिजो साँझ राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष उपप्रधानमन्त्री तथा मन्त्री पदको पद एवं  गोपनीयताको शपथ लिएका छन्।  

राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेका अनुसार, तीन उपप्रधानमन्त्री, ११ मन्त्री र दुई राज्यमन्त्रीले पद तथा गोपनियताको सपथ लिएका छन् । पुनर्गठित मन्त्रिपरिषद्मा प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योग वाणिज्य तथा आपूर्ति, कृषि तथा पशुपन्छी विकास, गृह, रक्षा, वन, संघीय मामिला तथा सामान्य प्रशासन, सूचना तथा सञ्चार प्रविधि मन्त्रालयल राख्नुभएको छ ।

उपप्रधानमन्त्री, अर्थमा विष्णुप्रसाद पौडेल, रघुवीर महासेठ  उपप्रधानमन्त्री परराष्ट्र, राजेन्द्र महतो, उपप्रधानमन्त्री तथा सहरी विकास, शरतसिंह भण्डारी ऊर्जा जलस्रोत तथा सिंचाइ, कृष्णगोपाल श्रेष्ठ शिक्षा विज्ञान तथा प्रविधि, अनिल झा खानेपानी तथा सरसफाइ, शेरबहादुर तामाङ स्वास्थ्य तथा जनसङ्ख्या, लक्ष्मणलाल कर्ण भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण बन्नुभएको छ । 

त्यसैगरी बसन्तकुमार नेम्वाङ भौतिक पूर्वाधार तथा यातायात, लीलानाथ श्रेष्ठ  कानून न्याय तथा संसदीय मामिला, विमल श्रीवास्तव श्रम तथा रोजगार तथा सामाजिक सुरक्षा, उमाशंकर अरगरिया संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, चन्दा चौधरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक र एकवाल मियाँले युवा तथा खेलकुद मन्त्रीको जिम्मेवारी पाउनुभएको छ । 

ऊर्जा, जलस्रोत तथा सिंचाइ राज्य मन्त्रीमा चन्द्रकान्त चौधरी र रेणुका गुरुङ महिला, बालबालिका तथा ज्येष्ठ नागरिक राज्यमन्त्री नियुक्त हुनुभएको छ । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.