Websoft University

संक्रमित सदस्यको घरघरमा पुग्दै साहारा नेपाल !

 


शिव भट्टराई, मोरङ जेठ २१ गते । रातो तारा डट कम,यतिबेला बिश्व जगत नै कोभिड १९ बाट आक्रान्त बनेको छ।नेपालमा पनि दिन प्रती दिन संक्रमित बढिरहेको क्रममा झापामा केन्द्रिय कार्यलय रहेको साहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लि अहिलेको अवस्थामा कोरोना संक्रमितको साहारा बनेको छ।

आफ्ना सेयर सदस्यहरु संक्रमित भएका घरघरमा पौष्टिक आहार मह ,काजु ,किस्मिस ,फलफूल र औसधि लगायत प्रदान गरेर बिरामीको मनोबल बढाउने काम गरिरहेको छ।गत सालको कोरनाको कहरमा पनि यस संस्थाले आइसोलेसन सेन्टरमा बसेकाहरुलाई निशुल्क खानाको व्यवस्थापन, विपन्न परिवारहरुलाई राहत तथा नगद सहयोग , स्थानीय र प्रदेश सरकारलाई जिन्सी तथा नगद सहयोग जस्ता विभिन्न सामाजिक कार्यहरू गरेको थियो भने यसपालि कोरनाको दोस्रो भेरियन्ट फैलिएको समयमा पनि निरन्तर सहयोगमा लागि परिरहेको साहारा नेपाल विराटचोक सेवा केन्द्रका कार्यलय प्रमुख मोतीखर शर्मा संझेलले बताएका छन्।

सोही क्रममा बिराटचोकमा शाखा रहेको सो संस्थाले आज सुन्दरहरैचाका विभिन्न वार्डमा रहेका संक्रमितहरुको घरमा पुगेर रोग प्रतिरोधात्मक क्षमता बढाउने पौष्टिक आहार, औषधि वितरण सहित सल्लाह सुझाव दिएको छ भने यसरी आफु बिरामी हुँदा घरमा संस्थाका कर्मचारीहरु आइदिएकोमा मन खुसि भएको बिरामीहरुले बताएका छन्।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.