Websoft University


काठमाण्डौ जेठ २२ गते । रातो तारा डट कम,अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको फेसबुक र इन्स्टाग्राम एकाउन्ट दुई वर्षका लागि निलम्बन गरिएको छ । फेसबुकले ट्रम्पको फेसबुक र इन्स्टाग्राम एकाउन्टले सन् २०२१ को जनवरी महिनामा अनिश्चितकालका लागि प्रतिबन्ध लगाएको थियो । यसै वर्षको जनवरी महिनामा अमेरिकाको संसदमा भएको हिंसापछि उहाँको एकाउन्ट बन्द गरिएको थियो । ट्रम्पमाथि अमेरिकी संसदमा हिंसा भड्काएको आरोप लागेको थियो । तर, गत महिना फेसबुकको निगरानी बोर्डको बैठक भएको र त्यसमा ट्रम्पको एकाउन्टमाथि लगाइएको प्रतिबन्धको आलोचना भएको थियो । फेसबुकले अब नेताहरुको कन्टेन्टको निगरानीमा दिएको छुट सम्बन्धी नितीलाई खारेज गर्दै फेसबुक एकाउन्ट बन्द गर्न सक्ने निती अपनाएको छ । जस अनुसार अब ट्रम्पको फेसबुक २०२३ सम्म निलम्बनमा रहनेछ । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.