Websoft University

औषधी व्यापारीबाटै पसलमा राखेर लागू औषधको कारोवार हुने गरेको तथ्य खुल्यो


श्याम राई-उदयपुर  गाईघाट, २० जेष्ठ। रातो तारा डट कम,औषधी व्यापारीबाटै पसलमा राखेर लागू औषधको कारोवार हुने गरेको तथ्य खुलेको छ । औषधी व्यवस्था विभाग विराटनगरको टोलीले उदयपुरको चौढण्डीगढी र बेलका नगरपालिका भित्र रहेका औषधी पसलमा विहीबार गरेको अनुगमनको क्रममा लागू औषध लुकाएर विक्री गर्ने गरेको पाईएको हो ।

बेलटारस्थीत गोपीकृष्ण मेडिकल पसल संचालन गर्दै आएका नेपाल औषधी व्यावसायी संघ उदयपुरका महासचिब विरेन्द्र झा त्यस्तो कार्यमा संलग्नता रहेको विभागका प्रमुख संजिब कटुवालले बताए ।

झाको पसल अनुगमनको क्रममा ट्रामाडोल, डिसाइक्लोमिन र प्रेगावालिन औषधी मिसाएर लागू औषध बनाउने र सेवनकर्तालाई गोप्य ढंगले विक्री गर्ने गरेको पाईएको प्रमुख कटुवालले बताए । उनले यसरी बनाईएको औषधी सेवन गर्दा लामो समय सम्म नशा दिने र सेवनकर्ता एकोहोरिने जस्ता लक्षण देखिने बताए ।

 विभिन्न थरीका औषधी मिसाएर लागू औषध बनाई विद्यालय, क्याम्पस पढ्दै गरेका युवालाई विक्री गरेको भन्ने उजुरी परेपछि चेकजाच गरिएको उनले बताए ।

झा यस अघि पनि यहि घटनामा पक्राऊ परेका थिए । उनी २५ दिन थुनामापरि छुटेका थिए । झालाई औषधी ऐन २०३५ अनुसार हदैसम्म कार्यवाही गरिने उनले बताए । टोलीले पसल सिलगरि उनलाई पाँच दिन भित्र विभागमा हाजिर हुन पत्रचार गरिएको छ । टोलीले सोही क्रममा विना ईजाजत, तोकिएको जनशक्ती बेगर संचालित अन्य पाँच वटा पसल सिल गरेको छ । त्यसैगरि बेलका नगरपालिकाको रामपुर बजारस्थीत संजिवनी मेडिकल हल, यादब मेडिकलमा समेत टोलीले सिल गरेको छ ।




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.