Websoft University

मोरङ सुनसरी सेवा समाजबाट ५ वटा अक्सिजन सिलिण्डर


बेलबारी मोरङ । रातो तारा डट कम,बेलबारी  नगरपालिकामा कोरोना संक्रमितहरुको उपचारमा सहयोग पुर्याउन र महामारीबाट नागरिकहरुको जीवन रक्षामा मद्दत पुगोस् भन्ने हेतुले आइसोलेसनका लागि मोरङ सुनसरी सेवा समाजले आज ५ वटा अक्सिजन सिलिण्डर उपलब्ध गराएको छ ।

 


संस्थाका अध्यक्ष लोक बहादुर तामाङको अगुवाईमा रमेश खत्री सहितको टोलीले मोरङका विभिन्न पालिकाहरुलाई अक्सिजन सिलिन्डर हस्तान्तरण गरेको छ।संस्थाले बेलबारी नगरपालिकालाई हस्तान्तरण गरेको सिलिन्डरहरु बुझ्दै नगर उपप्रमुख ढाकाकुमारी पराजुलीले विदेशमा बस्ने नेपालीहरुले आफ्नो माटो सम्झेर पसिना बगाएर आर्जन गरेको पारिश्रमिक बापतको रकम कटाएर सहयोग गरेकोमा मोरङ सुनसरी सेवा समाजलाई धन्यवाद व्यक्त गरिन् ।संस्थाको तर्फबाट बेलबारीलाई ५ वटा खाली सिलिण्डर हस्तान्तरण भएको छ । समाजले मोरङ र सुनसरीमा गरी विभिन्न पालिकामा ७० वटा सिलिण्डर उपलब्ध गराएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.