Websoft University

आज सर्वोच्च अदालतको पूर्ण बैठक बस्दै


काठमाण्डौ जेठ २१ गते । रातो तारा डट कम,सर्वोच्च अदालतको पूर्ण बैठक आजका लागि बोलाइएको छ । पूर्ण बैठकमा संवैधानिक इजलास गठनसम्बन्धी नियमावली संशोधनको विषय पनि छलफल हुने बताइए पनि सर्वोच्च अदालतका सहायक प्रवक्ता देवेन्द्र ढकालले भने बैठक पूर्वनिर्धारित भएको र कोभिडबाट सङ्चुकन भएको सेवा प्रवाह व्यवस्थित गर्ने नै मुख्य एजेण्डा भएको दावी गर्नुभयो । संवैधानिक इजलास गठनमा विवाद भएपछि हालै वरिष्ठतम न्यायाधीश रहनेगरि नियमावली संशोधनमा सहमति भएको थियो । उक्त सहमति अनुसार नियमावली संशोधनको प्रक्रिया पूर्ण बैठकबाट अघि बढ्ने जनाइएको छ । हाल सर्वोच्चले कोभिड महामारीका कारण सार्वजनिक सरोकारका रिट निवेदन र थुनावा रहेका निवेदनहरूको सुनुवाइ गरिरहेको छ । कतिपय मुद्दाको सुनुवाइलाई समेत अर्चुअलमाध्यमबाट जोड दिइएको छ । 


 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.