Websoft University

प्रदेश १ मा ९८२ संक्रमणमुक्त, ७६४ संक्रमित थपिए

 


विराटनगर, २० जेठ । रातो तारा डट कम, प्रदेश १ मा आज ९८२ जना संक्रमणमुक्त भएका छन । संक्रमणमुक्त हुनेमा ४३७ महिला र ५४५ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सवैभन्दा बढी मोरङबाट ४५० जना संक्रमणमुक्त भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ३९ हजार ४११ पुगेको छ ।

प्रदेश १ मा आज ७६४ जना संक्रमित थपिएका छन् । सुनसरीमा ३०१, मोरङमा २०२, झापामा १२२, पाँचथरमा ७०, खोटाङमा १६, इलाममा १०, संखुवासभामा ६, धनकुटामा ५, उदयपुरमा २, ते¥हथुम र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका २८ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सुनसरीको इटहरीमा १३६, धरानमा ९०, बराहक्षेत्रमा ३३, दुहवीमा ११, इनरुवामा ८, गढीमा ५, बर्जुमा  ४, रामधुनीमा ३, देवानगञ्ज र भोक्राहानरसिंहमा २–२, कोशी गाउँपालिका र हरिनगरमा १–१, स्थानीय तह नखुलेका ५, मोरङको विराटनगरमा १५३, बुढीगंगामा ९, उर्लाबारीमा ८, जहदामा ७, लेटाङ, सुन्दरहरैचा, पथरीशनिश्चरे, ग्रामथान र स्थानीय तह नखुलेका ३–३, केराबारी, धनपालथान, कटहरी र रंगेलीमा २–२, मिक्लाजुङ र बेलबारीमा १–१, झापाको दमकमा ६६, मेचीनगरमा १८, भद्रपुरर विर्तामोडमा ९–९, कनकाईमा ४, शिवसताक्षीमा ३, कचनकवलमा २, बा¥हदशी, गौरीगञ्ज, झापा गाउँपालिका र कमल गाउँपालिकामा १–१ र स्थानीय तह नखुलेका ७ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

त्यसैगरि पाँचथरको फिदिममा ६३, फालेलुङमा ४ र हिलिहाङमा ३,  खोटाङको खोटेहाङमा १६, इलामको इलाम नगरपालिकामा ४, चुलाचुली र माई जोगमाईमा ३–३, संखुवासभाको खाँदबारीमा ४ र स्थानीय तह नखुलेका २,  धनकुटाको पाख्रिवास र धनकुटा नगरपालिकामा २–२ र स्थानीय तह नखुलेका १, उदयपुरको उदयपुरगढीमा २, ते¥हथुम र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका २८ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६० हजार २२४ पुगेको छ । सक्रिय संक्रमितको संख्या १९ हजार ८८० पुगेको छ । प्रदेश १ मा आज २ हजार १३७ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये ३४८ महिला र ४१६ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिकविकास मन्त्रालयले जनाएको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.