Websoft University

नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ७ हजार ६ सय ३० पुगे


काठमाण्डौ जेठ २० गते । रातो तारा डट कम, नेपालमा फेरि कोरोना सङ्क्रमणको दर बढ्न थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर २१ हजार ७ सय ७३ कोरोना परीक्षण गरिएको छ । जसमा ६ हजार ८ सय २५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । 

मन्त्रालयका अनुसार गत २४ घन्टामा १८ हजार ५ सय ६२ आरटी पिसिआर विधिबाट कोरोना परीक्षण गर्दा ५ हजार ८ सय २५ र ३ हजार २ सय ११ एन्टीजेन परीक्षण गर्दा एक हजारमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको संख्या ५ लाख ७६ हजार ९ सय ३६ पुगेको छ । झन्डै ४ हजारमा झरेको दैनिक सङ्क्रमण दर फेरि ६ हजार नाघेको छ । 

यस्तै गत २४ घन्टामा देशभर ५ हजार ९ सय ४ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको संख्या ४ लाख ६७ हजार ४ सय ६७ पुगेको छ । यो दर कुल सङ्क्रमितको ८१ प्रतिशत हो । यस्तै गत २४ घन्टामा थप ७५ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ७ हजार ६ सय ३० पुगेको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.