Websoft University

कोरोनाबाट एकै घरका तीन जनाएको मृत्यु


गाईघाट २० जेष्ठ । रातो तारा डट कम,पाच दिनको अन्तरालमा दुई छोरा गुमाउनु परेको पिडा भुल्न नपाउदै ७१ वर्षिया तिलमाया को समेत मृत्यु भएको छ । कोरोना संगै लडिरहेकी उनको  बिहीवार बिहान ४ः२५वजे मृत्यु भएकोहो । दुई साता अघि कोरोना परिक्षण गर्दा उनीसहित परिवारको पाच जनामा पोजेटिभ देखिएको थियो । 

उनी ,उनका तिन  छोरा र बुहारीमा कोरोना देखिएपछि गाईघाट स्थीत मदन भण्डारी आखा अस्पतालको  आइसोलेसन वार्डमा राखि उपचार हुदै आएको थियो । आईसोलेसनमा राखिएकै अबस्थामा दुई छोरा तुलबहादुर र पुष्करमा स्वास समस्या देखिएपछि बिराटनगर लगिएको थियो । 

उनिहरु दुबैको जेष्ठ १५ र १८ गते उपचारकै क्रममा मृत्यु भएको थियो । उदयपुरको रौतामाई गाउपालिका ७ मुर्कुचिकी तिलमायाको अबस्था सामान्य भएपछि उनी होम आईसोलेसनमा बस्दै आएकी थिईन । तर बुधबार उनको स्वास्थ्यमा एक्कासी समस्या आएको र बिहान मृत्यु भएको गाउपालिकाका अधक्ष्य गजेन्द्र खडकाले बताए । 

उनको परिवारका कान्छा छोरा संतोषले भने कोरोना जितेको बताए । “आमा दुई दाजु कोरोनाले लगेपनि संतोषले भने कोरोना जितेर फर्किएका छन ।” उनले भने । उदयपुरमा कोरोना संक्रमण को कारण मर्नेको संख्या ३७ पुगेको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले बताए ।  


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.