Websoft University

ज्यान सम्बन्धी कसूरका फरार अभियुक्त ४ जना ४ वटा बन्दुक सहित पक्राउ


बिराटनगर जेठ  २० गते । रातो तारा डट कम, केराबारी गाउँपालिका वडा नं -३ बस्ने बर्ष ३२ को हस्त कुमार राई, ऐ।बस्ने बर्ष २६ को रुबिन लिम्बु र ऐ।बस्ने बर्ष ३७ को गजेन्द्र बहादुर राई समेत १० जना बाँसघारी खोप सरकारी राष्ट्रिय बन तर्फ शिकार खेल्न गएकोमा ऐ।८ गते अन्दाजी २१स्०० बजे निजहरु मध्येका गजेन्द्र राईले प्रहार गरेको भरुवा वन्दुकको गोली लागि निज हस्त वहादुर राईको दाहिने कुममा गोली लागि मृत अवस्थामा फेला परेको सम्बन्धमा खटिएको प्रहरी टोलीले भरुवा बन्दुक थान१ बरामद गरेकोमा मिति २०७८।०१।०९ गते दिउसो १५.०० वजे निज प्रतिवादीहरु रुबिन लिम्बु र गजेन्द्र बहादुर राईलाई घर वतनबाट पक्राउ गरी ज्यान सम्बन्धी र हातहतियार खरखजना कसूरमा अनुसन्धानको क्रममा २०७८।०२।१९ गते उक्त घटनामा फरार रहेका अभियुक्तहरू जिल्ला मोरङ केराबारी गाउँपालिका वडा नं ३ बस्ने बर्ष ४४ को डिक बहादुर राई, ऐऐ बस्ने बर्ष ३६ को बुद्धबिर लिम्बु, ऐऐ बस्ने बर्ष १९ को राम प्रसाद राई र जिल्ला मोरङ लेटाङ  नगरपालिका वडा नं १ बस्ने बर्ष १९ को विपन लिम्बुलाई पक्राउ गर्नुका साथै जिल्ला मोरङ केराबारी गाउँपालिका वडा नं ३ स्थित बाँसघारी खोप सरकारी राष्ट्रिय वनमा ढलेको सखुवाको रूखको चेपमा माटो तथा पातहरूले छोपी लुकाई राखेको भरूवा बन्दुक थान २, ढुङ्गा माथि पातहरुले छोपी लुकाई राखेको भरुवा वन्दुक थान १ र ऐ।लेटाङ नगरपालिका वडा नं १ स्थित जंगलको ठुलो ढुङ्गाको ओडारमा लुकाई राखेको भरुवा वन्दुक थान १ फेला पारी जम्मा थान ४ भरुवा वन्दुक बरामद गरी थप अनुसन्धान कार्य भई रहेकोछ ।





Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.