Websoft University

नेपालले विश्वकप छनोटको तेस्रो चरणमा पुग्ने मौका गुमायो


काठमाण्डौ जेठ २० गते । रातो तारा डट कम,फिफा विश्वकप छनौट अन्तर्गत नेपालले आज ताइपेइसँग प्रतिस्पर्धा गर्दै छ । सन् २०२२ फिफा विश्वकप र सन् २०२३ एसिया कपको दोस्रो चरणको छनोट अन्तर्गत नेपालले चाईनिज ताईपेसँग खेल्न लागेको हो । कुवेतको राजधानी कुवेत सिटीमा नेपालले ताईपेसँग फुटवल  खेल नेपाली समय अनुसार राति ९ः४५ बजे सुरु हुनेछ । नेपाली टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले ताईपेविरुद्ध नेपालको लक्ष्य जित मात्र भएको बताउनुभएको छ । अलमुताईरीले कुवेतको मौषममा खेल्न नेपाली खेलाडीलाई कठिन हुने उल्लेख गर्नुभयो । नेपालले विश्वकप छनोटको तेस्रो चरणमा पुग्ने मौका गुमाईसकेको छ । तर नेपाललाई बाँकी खेलमा जित निकाल्दै एसिया छनोटको तेस्रो चरणमा स्थान बनाउने सुनौलो अवसर रहेको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.