Websoft University

ट्याक्टरबाट लड्दा कामदारको मृत्यु

 


सुनसरी, जेष्ठ २६ गते । रातो तारा डट कम,

सुनसरी धरान-८ स्थित राजमार्गमा ट्याक्टरबाट लड्दा कामदारको मृत्यु भएको छ । आज बिहान साढे ११ बजे को१ त ६७ नम्बरको धरान उप-महानगरपालिकाको फोहोर बोक्ने ट्याक्टरबाट लड्दा सोहि ट्याक्टरमा काम गर्ने कामदार सुनसरी बराह-६ का ५०बर्षीय बाबुराम पौडेलको मृत्यु भएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ । ट्याक्टरबाट लडेर गम्भिर घाईते भएका पौडेलको घोपा धरानमा उपचारको क्रममा दिउसो १२ बजे मृत्यु भएको थियो । ट्याक्टर र ट्याक्टर चालक सुरज डोमलाई  नियन्त्रणमा लिईएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.