Websoft University

बिराट नर्सिगं होममा घरबाटै बिरामीलाई हेर्न सकिने मोडुलर आई.सि.यु. सन्चालनमा आयो


बिराटनगर । रातो तारा डट कम, बिराट नर्सिगं होमले १४ बेडको अत्याधुनिक मोडुलर आई.सि.यु. साथै अर्को ११ बेडको न्युरो सर्जिकल आई.सि.यु. सन्चालनमा ल्याएको छ ।


न्याब एक्रिडिटेसनको मापदण्ड पुरा भएको सो मोडुलर आई.सि.यु.प्रदेश न. १ का माननीय आन्तरिक मामिला तथा कानुन मन्त्रि हिक्कमत कार्कीले उदघाटन गरेका छन् । मोडुलर आई.सि.यु. मा संक्रमणको दर अत्यन्तै न्युन रहने, संक्रमित रोग भएका बिरामीलाई अन्य बिरामीसंग छुटाएर राख्न ४ वटा बेड रहेको पुर्बि नेपालकै पहिलो मोडुलर आई.सि.यु. बनेको छ । बिरामीलाई घरबाटै आफन्तहरुले हेर्न सकिने कम्प्युटराईज्ड ब्यबस्था गरिएको सुबिधा सम्पन्न  मोडुलर आई.सि.यु.बाट सहज हुने र यस्तो कोबिडको बेलामा घरबाटै बिरामीहरुको आफन्तहरुले बुज्न र भिडियो हेर्न सकिने आई.सि.यु. इन्चार्ज डा.ललित राजबंशीले बताए । डा. राजबंशीको टिमले पुरै जटिल बिरामीहरुलाई आई.सि.यु. र भेन्टिलेटरमा राखेर उपचार गर्दछ । अब बिराट नर्सिगं होममा बिभिन्न बिभाग गरेर १ सय २ बेड रहेको अत्याधुनिक आई.सि.यु. भएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.