Websoft University

सुन्दरहरैंचा वडा नं ७ ले फलफूलमा आत्मनिर्धर बनाउन निःशुल्क विरुवा वितरण गर्दै,


शिव भट्टराई,मोरङ । रातो तारा डट कम,सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ७ ले वडाबासीलाई फलफूलका विरुवा वितरण गरेको छ । वडालाई फलफुलमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ वडाबासीलाई फलफूलका विरुवा वितरण सुरु गरिएको हो । वडाका सम्पूर्ण घरधुरीलाई विरुवा वितरण गर्ने उद्देश्यका साथ सो कार्यको थालनी गरिएको वडाध्यक्ष चैतन्य प्रसाद सिटौलाले जानकारी दिनुभयो ।

वडा क्षेत्रको माटो फलफूल खेतीका लागि उपयुक्त भएकाले वडाले अभियानकै रुपमा विरुवा वितरण गरेर फलफूलमा आत्मनिर्भर बनाइने उहाँले बताउनुभयो । विहीबार वडा कार्यालय परिसरमा फलफूलका विरुवा वितरण कार्यको सुरुवात गरिएको हो । सो क्रममा वडाबासीलाई उन्नत जातको लिची र कागतीका विरुवा वितरण गरिएको छ । साथै पशुपालक किसानहरुका लागि सुपर नेपियर जातको गाँसको विरुवा समेत वितरण गरिएको छ । वडाध्यक्ष सिटौलाले सकेसम्म वडाका इच्छुक सबैलाई पुग्ने गरि विरुवा वितरण गरिने जानकारी दिनुभयो ।

उहाँले वडाबासीलाई फलफूल खेतिर्फ आकर्षित गर्नका लागि विरुवा वितरण कार्य सुरु गरिएकोमा अब व्यवसायीक रुपमा फलफूल खेति गर्ने किसानलाई वडाले थप सहयोग गर्ने प्रतिवद्धता समेत जनाउनुभयो । यता वडाले फलफूलका विरुवा निःशुल्क वितरण गरेकोमा वडाबासीले समेत खुशी व्यक्ति गरेका छन् । विरुवा वितरण कार्यक्रममा वडाध्यक्ष चैतन्य प्रसाद सिटौलासहित वडासदस्य भुवनसिंह आलेमगर, मिना ओझा, वडासचिव लिला प्रसाद रिमाल लगायतको उपस्थिति रहेको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.