Websoft University

प्रदेश १ मा ६१९ संक्रमणमुक्त, ३८३ संक्रमित थपिए

 


विराटनगर, १० असार । रातो तारा डट कम,प्रदेश १ मा आज ६१९ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २५६ महिला र ३६३ पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ५८ हजार ४७७ पुगेको छ ।

प्रदेश १ मा आज ३८३ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १२७, सुनसरीमा १२४, झापामा ८२, उदयपुरमा १८,  धनकुटामा ७, इलाममा ४, पाँचथर, सोलुखुम्वु, संखुवासभा र भोजपुरमा २–२, खोटाङमा १ र प्रदेश १ बाहिरका १२ जनामा ससंक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा ६४, सुन्दरहरैचामा २०, बुढीगंगामा ११,  बेलबारी र लेटाङमा ५–५, कटहरीमा ४, उर्लाबारी, पथरीशनिश्चरे र रतुवामाई ३–३, धनपालथान, मिक्लाजुङमा २, सुनबर्षी, केराबारी, ग्रामथान, रंगेली, कानेपोखरी र जहदामा १–१, सुनसरीको धरानमा ४७, इटहरीमा ४६, बराहक्षेत्रमा ९, दुहवीमा ७, रामधुनी र स्थानीय तह नखुलेका ५–५, बर्जुमा ३, इनरुवामा २, झापाको विर्तामोडमा १९, दमकमा १६, मेचीनगरमा ११, अर्जुनधारामा १०, भद्रपुरमा ८, शिवसताक्षीमा ६, बुद्धशान्ति, कनकाई र कमल गाउँपालिकामा ३–३, नखुलेका २ र बा¥हदशीमा १ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

त्यसैगरि उदयपुरको त्रियुगामा १२, चौदण्डीगढीमा , उदयपुरगढीमा २ र स्थानीय तह नखुलेका १, धनकुटाको धनकुटा नगरपालिकामा ३, महालक्ष्मी, पाख्रिवास, शहिदभूमी र स्थानीय तह नखुलेका १–१, इलामको इलाम नगरपालिकामा २, चुलाचुली र स्थानीय तह नखुलेका १–१, पाँचथरको फिदिम र स्थानीय तह नखुलेका १–१, सोलुखुम्वुको थुलुङ दुधकोशीमा २, संखुवासभाको सभापोखरी र धर्मदेवीमा १–१, भोजपुरमा २, खोटाङको दिक्तेल रुपाकोटा मझुवागढीमा १ र प्रदेश १ बाहिरका १२ जनामा ससंक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६९ हजार ६०७ पुगेको छ । सक्रिय संक्रमितको संख्या ९ हजार ९८३ रहेको छ । प्रदेश १ मा आज १ हजार २८० जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये २०१ म्हिला र १८२ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.