Websoft University

स्थानिय तहमा चुनाव जिती एमाले प्रवेश गरेका १४ जना जनप्रतिनिधिको पदमुक्त

 


काठमाण्डौ असार ११ गते । रातो तारा डट कम,निर्वाचन आयोगले माओवादी केन्द्रबाट चुनाव जितेर एमाले प्रवेश गरेका १४ जना जनप्रतिनिधि पदमुक्त भएको जनाएको छ । माओवादी केन्द्रले कारबाही गरेपछि आयोगले १४ जनप्रतिनिधिको पद रिक्त गरेको हो । 

२०७४ सालको चुनावमा माओवादी केन्द्रको तर्फबाट उमेद्वार भएर स्थानिय तहमा विजयी भएका तर दल त्याग गरेका उनीहरूलाई माओवादी केन्द्रले पदमुक्त गर्न माग गर्दै निर्वाचन आयोगलाई यसअघि जानकारी गराएको थियो । त्यसैका आधारमा आयोगले निर्णय गरिएको विज्ञप्तिमार्फत जानकारी गराएको छ । पदमुक्त भएकामध्ये दुई मेयर र पाँच उपमेयरसहित १४ जनप्रतिनिधि रहेका छन् । 

आयोगका अनुसार रौतहटको मैलापुर नगरपालिकाका मेयर रिना कुमारी शाह र कटहरीया नगरपालिकाका मेयर सियारामप्रसाद कुशवाह, महोत्तरीको साम्सी गाउँपालिकाका अध्यक्ष शेष फारुक, रौतहटको देवाही गुनाही नगरपालिकाका उपमेयर परनिया देवी, मैलापुर नगरपालिकाका उपमेयर गौरिशंकरप्रसाद, फतुवाविजयपुर नगरपालिकाका उपमेयर कान्ति देवी, माधवनारायण नगरपालिकाका उपमेयर सिमल कुमारी शाह, यमुनामाई गाउँपालिकाका उपाध्यक्ष श्रीमती गीतादेवी साह र कैलालीको भजनी नगरपालिकाका उपमेयर छायाँदेवी देवकोटा पदमुक्त हुनुभएको छ । 

ओखलढुंगाको चम्पादेवी गाउँपालिका ७ का वडा अध्यक्ष सुरेश कुमार थापा, कैलालीको गौरीगंगा नगरपालिका ४ का वडा अध्यक्ष भागरथी विष्ट, गोदावरी नगरपालिका १ का शर्मानन्द भट्ट र बर्दगोरिया नगरपालिका ४ का वडा अध्यक्ष पुरन सिंह विसी पनि पदमुक्त हुनुभएको सूचना आयोगले निकालेको छ ।







Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.