Websoft University

गाइघाटमा निषेधाज्ञा लाई प्रभाबकारि बनाउन सचेतना कार्यक्रम चलाउने


 गाईघाट ४ जेष्ठ । रातो तारा डट कम,कोरोना संक्रमण नियन्त्रण र स्थानिय प्रशासनले लगाउदै आएको निषेधाज्ञा लाई प्रभाबकारि बनाउदै प्रतिकार सम्बन्धि सचेतामुलक कार्याक्रम संचालन गर्न मंगलबार देखि नेपाली सेनाको मोवाईल  पेटो«लिङ टोलि परिचालन गरिएको  छ । सोमबार प्रमुख जिल्ला अधिकारी तुलसी राम सेढाईको अध्क्षतामा बसेको डिसिसिएमसिको बैठकले निर्णय गरेपछि सेनाको पेटो«लिङ टोलि लाई परिचालन गरीएको हो । निर्णयमा कोभिड १९ नियन्त्रण ,रोकथा तथा प्रतिकार्य सम्बन्धि सचेतना कार्यक्रम गर्न सेना परिचालन गरिने उल्लेख छ । एम्वुलेन्स ,शबवाहन र बिरामी बोकेको सवारी साधन बाहेक अन्य सवारी साधनमा कडाईका साथ रोक लगाउने निर्णय गरिएको छ । त्यसैगरि कटारी बजार लाई पुर्ण रुपमा बन्द गर्ने , कोरोना संक्रमित बढि देखिएको त्रियुगा नगरपालिकाको वडा न १६ र बेलका नगरपालिका ४ गुरुङचौरी लाई सिल गरिने बैठकले निर्णय गरेको त्रियुगा नगरपालिका मेयरबलदेब चौधरी लेबताए । डिसिसिएमसी बैठकले राष्ट्रिय गौरबका आयोजना र यसै आर्थिक बर्षमा सम्पन्न गरी सक्नु पर्ने योजना बाहेक जिल्ला भरि संचालित बिकास निर्माणका योजनामा रोक लगाईएकोछ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.