Websoft University

उदयपुरमा तिन जना कोरोना संक्रमितको मृत्यु


गाईघाट ४ जेष्ठ । रातो तारा डट कम,पछिल्लो २४ घण्टामा उदयपुरमा तिन जना कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदी ले ३४, वर्षिय प्ुरुष र ५० वर्षिया महिलाको मृत्यु भएको बताए । कोरोना संक्रमित भएर होम आईसुलेसनमा बस्दै आएका त्रियुगा नगरपालिका ११ की ५० वर्षिया महिलाको मंगलबार  दिउसो मृत्यु भएको हो । दिउसो स्वास प्रस्वासमा समस्या आएपछि उपचारको लागी जिल्ला अस्पताल लैजादै गर्दा बाटो मै मृत्यु भएको हो । त्यसै गरी चार दिन अघि बिराटनगर स्थीत नोवेल अस्पतालमा कोरोना पोजेटिभ देखिए पछि होमआइसुलेसनमा बस्दै आएका त्रियुगा नपा १२ का ३४ वर्षिय युवाको उपचारको लागि मदन भण्डारी आखा अस्पताल गाईघाटमा लादै गर्दा बाटैमा मृत्यु भएको प्रमुख सुबेदीले बताए । कटारी नगरपालिका ३ का ८५ वर्षिय वृद्धको सोमबार राती सिराहाको फुल कुमारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । जेष्ठ १ गते कोरोना संक्रमित पुष्टि भए संगै उनी अस्पतालमा उपचारको गराउदै आएका थिए । जिल्लामा अहिले सम्म कोरोनाको कारण १६ जनाको मृत्यु भएको छ भने कोरोना संक्रमितको संख्या ४ सय ३५ पुगेको छ  ।

  


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.