Websoft University

अन्दाजी १ लाख ६४ हजार भन्दा बढिको भन्सार छलिका सामान बरामद


बिराटनगर जेठ ४ गते । रातो तारा डट कम, विराटनगर महानगरपालिका वडा नं .१६ दरैया स्थितमा भारतबाट नेपालतर्फ अवैध रूपमा भन्सार छली चोरी पैठारी गरी प्लाष्टिक तथा जुटको बोरामा प्याक गरी जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं .१६ दरैया बस्ने बर्ष ३८ को सुधिर कुमार महतोले अन्दाजी १ लाख ५६ हजार १ सय बराबरको ४ बोरा लत्ताकपडा को २ ह ७८७ र को २ ह ४९२४ नं।को अटो

टेम्पोमा लोड गर्दै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले फेला पारी बरामद गरी आवश्यक कारवाहीको लागि भन्सार कार्यालय रानी, विराटनगरमा बुझाउने कार्य भई रहेकोछ । 


त्यसैगरी  विराटनगर महानगरपालिका वडा नं. १७ मटेरूवा स्थित सडक किनारमा अवैध रूपमा भन्सार छलि चोरी पैठारी गरी अन्दाजी १६० केजी रू ८ हजार बराबरको चिनी भारतको जोगवनीबाट नेपाल तर्फ ल्याई वेवारिसे अवस्थामा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले फेला पारी बरामद गरी आवश्यक कारवाहीको लागि भन्सार कार्यालय रानी, विराटनगरमा बुझाउने कार्य भई रहेकोछ । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.