Websoft University

उपप्रमुख लक्ष्मी गौतम सब्जि लिएर सडक बालबालिका राखिएको ठाउमा सहयोग गर्न पुग्नुभयो ।

 


सुनसरी । रातो तारा डट कम,इटहरीको माया घर र निःशहाय

वालवालिका आश्रममा लकडाउनको वेला सब्जि नपाएर समस्या भइरहेको थियो । किन्न जाँउ वाहिर निस्कनै गाहो,फेरी सवै वन्द,किन्ने कहाँ ? समस्या परिरहेको वेला इटहरी उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतम सब्जि लिएर पुग्नुभयो । फूलकोपी,वोडी,करेला,भिण्डी ,मुला लगायतको सब्जि थोक विक्रेताहरुवाट जुटाएर माया घर र निःशहाय वालवालिका आश्रम पुग्नुभएको हो । मायाँ घरमा ९९ जना वेवारिसे,असहाय तथा सडक मानवलाई आश्रय दिइएको छ । मायाँघरकी सुभद्रा प्याकुरेलले समस्या पर्दा उपमेयरले गर्नुभएको सहयोगका लागि धन्यवाद ज्ञापन गर्नुभयो । निःशहाय वालवालिका आश्रममा ४५    जना अनाथ वालवालिका छन । गत बर्षको लकडाउनका वेला पनि मायाँघर र निःशहाय वालवालिका आश्रममा सब्जि सहयोग गरिएको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.