Websoft University

खनाल र नेपाल समूहका २२ सांसदले सामूहिक राजीनामा दिने तयारी गर्दै,


काठमाण्डौ बैशाख २६ गते । रातो तारा डट कम,विभाजनको संघारमा पुगेको नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधव कुमार नेपाल समूहका २२ सांसदले सामूहिक राजीनामाको तयारी गरेका छन् । प्रत्यक्ष निर्वाचित २२ सांसदको सो समूहले सामूहिक राजीनामाका लागि हस्ताक्षर समेत तयारी अवस्थामा राखेको एकजना नेताले सीआईएनसँग बताउनुभयो । प्रधानमन्त्री केपी ओलीले विधि मिच्दै पार्टीमा एकलौटी तवरबाट अघि बढेको ठहर गरेको खनाल–नेपाल समूहले उनलाई सुध्रनका लागि भन्दै अन्तिम मौका दिएको छ । आज दिनभरसम्म ओलीले लचकता नदेखाए बेलुकीसम्म सामूहिक राजीनामा बुझाउने तयारी खनाल–नेपाल समूहको छ ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.