Websoft University

आज राष्ट्रिय कानून दिवस–कार्यक्रम भने नगरिने


काठमाण्डौ बैशाख २६ गते । रातो तारा डट कम,आज राष्ट्रिय कानून दिवस, कोरोना महामारी नियन्त्रणका लागि देशका अधिकांश क्षेत्रमा गरिएको निशेधाज्ञाका कारण भर्चुअल माध्यमबाट आपसी शुभकामना आदानप्रदान गरी मनाइँदैछ । कानून दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधान न्यायाधीश चोलेन्द्र शमसेर जबराले आजको दिन न्याय, समानता एवम् विधिको शासनप्रति सम्मान र प्रतिवद्धता व्यक्त गर्ने दिन भएको भन्दै सहज पहुँचयुक्त तथा जनआस्थामा आधारित न्याय पद्धतिको विकास गर्न आजको दिनले थप उर्जा र हौसला मिल्ने विश्वास व्यक्त गर्नुभएको छ । समानता र न्यायलाई नेपालको संविधानले आधारभूत संरचनाको रुपमा स्थापित गरेको स्मरण गर्दै प्रधानन्यायाधीश राणाले यो कानून दिवसलाई राष्ट्रिउ पर्वकै रुपमा मनाइनुपर्ने घारणासमेत विज्ञप्तिमा उल्लेख गर्नुभएको छ । प्रधानन्यायाधीश राणाले कोरोना महामारी नियन्त्रणका लागि स्वास्थ्य मापदण्ड पालना गरी सहयोग गर्न पनि आग्रह गर्नुभएको छ । औपचारिक कार्यक्रम नहुने भएकाले आपसमा शुभकामना आदानप्रदान गरी दिवस मनाउन उनले सबैमा अपीलसमेत गर्नुभएको छ । 





Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.