Websoft University

प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली र वर्षा हुने


काठमाण्डौ बैशाख २६ गते । रातो तारा डट कम,मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको बताएको छ । महाशाखाले दक्षिण–पूर्व भू–भाग नजिक रहेको पूर्व–पश्चिम फैलिएको न्यून चापीय रेखा तथा बंगालको खाडीबाट प्रवाह हुने जलवाष्प युक्त हावाको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार प्रदेश १, प्रदेश २ र सुदूरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागको मौसम आँशिक बदली रहेको छ । देशको प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली र बाँकी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ । यस्तै देशका केही स्थानहरुमा मेघगर्जन÷चट्याङ्ग÷ हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । आजराति देशको प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकि प्रदेशहरुमा आँशिक बदली रहने महाशाखाले जनाएको छ । साथै उक्त प्रदेशका केही स्थानहरुमा मेघगर्जन÷चट्याङ्ग÷ हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.