Websoft University

सुन्दरहरैंचा नगरपालिकाको केन्द्रिय कार्यलयका लागि ४ बिघा ८ कठ्ठा जग्गा हस्तान्तरण

 


मोरङ । रातो तारा डट कम,सुन्दरहरैंचा नगरपालिकाको कार्यलय अब सलकपुरमा सर्ने भएको छ। मन्त्रिपरषद्को २०७७ मंसिर २३ गतेको निर्णय अनुसार नेपाल सरकारको नाममा कायम रहेको जग्गा सुन्दरहरैंचा नगरपालिकाले दीर्घकालीन लिजमा लिएको हो।बुधबार नगरपालिकामा आयोजित पत्रकार सम्मेलनमा यस बारेमा जानकारी गराइएको छ।मोरङको साविक मृगौलिया गाउँ विकास समिति वडा नं ९ कित्ता नं १०६ को १२ बिघा ४ कठ्ठा १५ धुर मध्य ४ बिघा ८ कठ्ठा जग्गा नगरपालिकाले लिएको हो।

साविक इन्द्रपुर गाविसको कार्यलय रहेको स्थान वडा नं १२ मा अहिले नगरपालिकाको कार्यालय रहेको छ।सो क्षेत्र साँघुरो भएकाले खुल्ला क्षेत्र र भूगोलको हिसाबले पायक पर्ने क्षेत्र  सलकपुरमा भवन निर्माण कार्यको थालनी गरिने नगर प्रमुख शिव प्रसाद ढकालले जानकारी दिएका छन्। स्थानीय सरकार घोषणा भएपछि र जनप्रतिनिधि निर्वाचित भएपछि पहिलो नगरसभाले सलकपुरमा रहेको नेपाल सरकारको जग्गा लिने निर्णय गरेको थियो।

सोही अनुसार यस क्षेत्रबाट प्रतिनिधित्व गर्ने सांसद तथा मन्त्रीको पहलमा मन्त्रीपरिषद्को निर्णयबाट नगरपालिकालाई ४ बिघा ८ कठ्ठा जग्गा दीर्घकालीन लिजमा प्राप्त भएको नगर प्रमुख ढकालले जनाएका छन्।साविकका सुन्दरदुलारी र कोशीहरैंचा नगरपालिका मिलेर बनेको सुन्दर हरैंचा नगरपालिकाको भुगोल एक भए पनि भावनात्मक रुपमा मन एक नभएकाले पहिलो नगरसभाले सलकपुरमा कार्यलय बनाउने निर्णय गरे अनुसार जग्गा प्राप्तिको काम सम्पन्न भएको नगर प्रमुख ढकालले बताएका छन्।त्यसैगरी यस नगरपालिकाको भवन निर्माण पछि भूगोल सम्बन्धीको विवादको पनि अन्त्य हुने र आफ्नै कार्यकालमा भवनको शिलान्यास समेत गर्ने उनले बताए।

सम्झौता पत्र मालपोत कार्यलय बेलबारीका प्रमुख नवीनकिशोर अधिकारीले नगरप्रमुख ढकाललाई हस्तान्तरण गरेका छन्।उक्त सम्झौता पत्र हस्तान्तरण कार्यक्रममा नगरकी उपप्रमुख धनमाया तामाङ , नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डा. कृष्ण घिमिरे, कर्मचारी, पत्रकार लगायतको सहभागिता रहेको थियो। हस्तान्तरण पछि अधिकृत अधिकारीले जुन प्रयोजनमा लिएको जग्गा हो सोही प्रयोजनका लागि कार्य गर्नु पर्ने बताए।उनले यसरी दिइएको जग्गाको समय समयमा अनुगमन साथै निरिक्षण गरिने समेत बताए।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.