Websoft University

प्रबल मेडिकलमा ‘होम डेलिभरी सेवा’

 


विराटनगर । रातो तारा डट कम, विराटनगरको न्युरो अस्पताल अगाडि रहेको प्रबल मेडिकल हलले घरमै पु¥याइदिने ‘होम डेलिभरी’ सेवा सुरू गरेको छ ।

विरामीको लागि आवश्यक पर्ने औषधि अर्डर अनुसार घरमै उपलव्ध गराइदिने सुविधा सुरु गरेको हो । कोरोना संक्रमण रोकथाम र नियन्त्रण गर्न स्थानिय प्रशासनले निषेधज्ञा लगाएपछि विरामीका आफन्तलाई हिडडुलमा सहज हुने भएकोले विरामी वा आपन्तले फोन गरि औषधी मगाए घरमा पु¥याइदिने संचालक सत्यम नेपालीले जानकारी दिए ।

होम डेलिभरी सेवाको लागि ९८१९७२९७१५ नम्बरमा सम्पक वा म्यासेज गरेमा विरामीको घरमा औषधी उपलब्ध गराउनेछ । चिकित्सकले सिफारिस गरे अनुसार औषधि उपलब्ध गराउँने उनले बताए । उनका अनुसार जेष्ठ नागरिकको पे्रसर, सुगरलगायतको जाँच तथा औषधी पनि घरमा उपलब्ध गराउने गरेको छ ।

होम डेलिभरी सेवा अन्तरगत औषधिको लागत मुल्य मात्र लिने बताएका छन् । विरामीले मगाएको औषधिको खरिदमा सेवा शूल्क नलाग्ने बताइएको छ । निषेधाज्ञामा समस्यामा परेका सेवाग्राहीलाई सहयोगका लागि होम डेलिभरी सेवा सुरु गरेको संचालक नेपालीले बताए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.