Websoft University

प्रशासनले सुनसरीमा बजार अनुगमन तीब्र बनाउदै - सर्जिकल माक्स पाँच रुपियाँ भन्दा वढिमा नवेच्न निर्देश


सुनसरी इटहरी बैशाख  २३ गते । रातो तारा डट कम, इटहरी उपमहानगरले सर्जिकल मास्क पाँच रुपियाँ भन्दा वढिमा नवेच्न निर्देशन दिएको छ । विहान वजार अनुगमनका क्रममा दुई देखि तीन रुपियाँ खरिद मूल्य रहेको मास्क पाँच रुपियाँ भन्दा वढि मूल्मा नवेच्न निर्देशन हो ।

जिल्ला प्रशासन कार्यालय,उपभोक्ता अधिकारकर्मी,प्रहरी र संचारकर्मी सहितको टोलीले अनुगमन गर्दा १० रुपियाँमा वेच्ने गरेको पाइएको छ । अनुगमनका क्रममा मास्क  खरिद मूल्य भन्दा पाँच गुणा सम्म वढिमा वेच्ने गरेको पाइएको इटहरी उपमहानगर राजश्व प्रशासन शाखा प्रमुख नविन भट्टराईले जानकारी दिनुभयो । पाँच वटा औषधी पसलको अनुगमन गर्दा चार वटाले त सर्जिकल माक्स खरिद गरेको विल समेत देखाएनन ।

९० रुपियाँ खरिद मूल्य रहेको सेनिटाइजर १सय ६५ रुपियाँमा वेचेको पाइएको छ । राजश्व प्रशासन शाखा प्रमुख नविन भट्टराईले तत्काललाई वढि मुनाफा राखेर नवेच्न सचेत गराइएको,सर्जिकल माक्स पाँच रुपियाँ भन्दा वढिमा नवेच्न निर्देशन दिइएको वताउनुभयो । निर्देशन पालना गराउन थप कडाइका साथ अघि वढने भटटराईले वताउनुभयो । खरिद मूल्य र अधिकतम विक्री मूल्यको अन्तर धेरै पाइएकाले अव उद्योगमै पुगेर समेत अनुगमन गरिने उहाँले वताउनुभयो । भट्टराईले भन्नुभयो “सर्वसाधारण माक्स किन्न नसकेर एउटै माक्स धोएर लगाइरहेका छन,वजारमा यस्तो छ,पाँच रुपियाँमा वेच्दा दोब्वर वढि फाइदा हुन्छ ।” किन पाँच रुपियाँमा नवेच्ने उहाँले विक्रेताहरुलाई प्रश्न गर्नुभयो ।अनुगमनका क्रममा जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रशासकीय अधिकृत त्रिलोचन न्यौपानेले २ रुपियाँ खरिद मूल्य परेको माक्स १० रुपियाँमा वेच्न नमिल्ने वताउनुभयो । उहाँले माक्स र सेनिटाइजरमा वढि मूनाफा राखेको पाइएकाले यसलाई नियन्त्रण गर्न उपमहानगर,जिल्ला प्रशासन र राजश्व कार्यालयको वैठक वसेर तीन दिनभित्रमा रिजल्ट आउने गरि एक्सन गरिने वताउनुभयो । आजै इटहरी उपमहानगरले हटियाँ लाइनका थोक सब्जि पसलहरुको समेत अनुगमन गरेको छ । अनुगमनका क्रममा हटिया लाइनका भाँडा पसलहरु पनि खुल्ला रहेका पाइए । अनुगमन टोली पुगेपछि हतार हतार वन्द गरेका देखिन्थे । इटहरी उपमहानगरपालिकाले निरन्तर वजार अनुगमन गरिरहेको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.