Websoft University

नगरपालिकाले बजारीकरण गरीदिन थालेपछि कृषिप्रति हौसिए कृषक

 


मोरङ बेलबारी । रातो तारा डट कम,कृषकले उत्पादन गरेका कृषिजन्य बस्तुको बजारीकरण नगरपालिकाले गरीदन थालेपछि कृषि प्रति आकर्षण बढ्न थालेको छ । मोरङको बेलबारी नगरपालिकाले आफनो नगर क्षेत्र भित्रका कृषकले उत्पादन गरेको अन्नबालि,तरकारी,फलफुललगायतका बस्तुहरुको बजारीकरण गरीदिएपछि कृषकहरु कृषि प्रति हौसिएका छन ।

नगरपालिकाले निशेधाज्ञाको समयमा कृषकहरुलाई धानको विउ बितरण गरेको छ ।२० हजार किलो धानको विउ अनुदानमा बितरण गरेको छ । 

नगरपालिकाले उक्त बिउ ५० प्रतिशत अनुदानमा कृषकलाई बितरण गरेको हो । बितरण गरीएको बिउले करीब ५ सय बिगाहा क्षेत्रफलमा खेतिगर्न सकिने कृषि शाखाका प्राविधिकहरु बताउछन । 

राधा १२, कान्छी मन्सुलि, बहुगुणि,स्वर्णसव १, रजित लगायतका प्रजातिका धानका विउ बितरण गरीएको हो । ३ हजार किलो मुल बिउ बितरण गरीएके हो ।  मुल बिउ उत्पादनपछि पुन बिउको रुपमा प्रयोग गर्न मिल्ने कृषि बिकास शाखाका प्रमुख बिनोद दाहालले बताए । 

उत्पादन भएका बस्तुहरुको बजारीकरणले हौसला मिलेको बेलबारीका पुराना किसान कबिन्द्र धिमालले बताए । 

एक वडा एक उत्पादनमा जोड दिएको नगरपालिकाले कृषिमा आतमनिर्भर बनाउन तरकारी, फलफुल, कृषि औजारहरु समेत बितरण गरेको नगरपालिकाको कार्यालयले जनाएको छ । नेपाल कृषि अनुसनधान परिषद तरहरा सुनसारी बाट बिउ ल्याएर बितरण गरेको हो ।

यस अघि नगरपालिकाले किसानले उत्पादन गरेको गहुँ बजारभाउभन्दा बढी मूल्यमा किनबेच गराइदिएको छ । किसानलाई ८० प्रतिशत छुटमा करिब १ हजार किलो बिउ वितरण गरेको थियो । बजारमा १२ सय प्रतिमनले गहुँ किनबेच भइरदाँ  किसानले भने प्रतिमन १५०० रुपैयाँ पाएका छन । ६ हजार किलो गहुँ नगरपालिकाकै गाडीमा बजारसम्म नगरपालिकाले पुयाइदिएको हो । कृषि जन्य तथा उद्यमीहरुले उत्पादन गरेका बस्तुहरुको बजारीकरण नगरपालिकाले आफै गरीदिने नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले बताए । उनले उद्यमीहरुले उत्पादन गरेका बस्तुहरुको बजारीकरण अन्तराष्ट्रिय बजारमा गर्न थालिएको समेत बताए । 






 


 





 


 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.