Websoft University

ट्याक्टर दुर्घटना १ जनाकोमृत्यु २ जना घाईते

 


खोटाङ, जेठ ६ गते । रातो तारा डट कम खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-६ मा आज बिहान भएको ट्याक्टर दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन् । सडक निर्माणको लागी मिक्स्चर बोकेर जाँदै गरेको  प्रदेश नं. १-०२-००३ त ०२८० नम्बरको ट्याक्टर आज बिहान पौने ९ बजेको समयमा अचानक रोडबाट २० मिटर जती तल खसेर दुर्घटना हुँदा सोही ट्याक्टरमा सवार रहेका खोटाङ रावावेशी-४ का २५ बर्षीय नेत्र बहादुर गुरुङको घटनास्थलमा नै मृत्यु भएको हो । उक्त दुर्घटनामा परी ट्याक्टरका चालक र सह-चालक घाईते भएका छन् । घाईतेहरुलाई उपचारको लागी जिल्ला अस्पताल खोटाङ पठाईएको छ भने घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.