Websoft University

निशुल्क दाउरा उपलब्ध गराउने


गाईघाट ६ जेष्ठ । रातो तारा डट कम,कोरोना बाट मृत्यु भएकाको शव जलाउन बन उपभोक्ता समुहले निशुल्क दाउरा उपलब्ध गराउने भएको छ । उदयपुरका दुई डिभिजन वन कार्यालय, सामुदायिक बन उपभोक्ता महासंघ र जिल्ला महासंघ उदयपुर को संयुक्त बैठकले बुधबार यस्तो निर्णय गरेको हो । सम्वन्धित स्थानिय तह को सिफारिसमा बन समुहले मृतकका परिवार लाइ आबश्यक दाउरा उपलब्ध गराउने डिभिजन बन कार्यालय गाईघाटका प्रमुख अम्विका पौडेलले बताए । उनले जिल्लामा कोरोना संक्रमण बाट मृतकको संख्या बढ्दै जादा शब ब्यवस्थापन र दाह सस्कारलाई प्रभाबकारी बनाउन यस्तो निर्णय गरीएको बताए । कोरोना कहरमा गत बर्ष पनि महासंधले प्रभावित परिवार लाई १ करोड ४० लाख बढी रकम ,खाद्धान्न तथा स्वास्थ्य सामागी्र उपलब्ध गराएको थियो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.