Websoft University

हुण्डी कारोवारमा संलग्न ३ जना नगद सहित पक्राउ


बिराटनगर जेठ ६ गते । रातो तारा डट कम, विराटनगर महानगरपालिका वडा नं. ११ स्थित रोडशेष चौकबाट प्रहरी सुरक्षा चेकजाँचको क्रममा जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं. १३ बस्ने बर्ष २५ को श्रवण साहले बोकेको रातो रंगको भिर्ने झोला भित्र नेपाली नगद रु.२१,७१,५००।– (एकाई लाख एकत्तरहजार पाँच सय) र जिल्ला मोरङ रंगेली नगरपालिका वडा नं.-१ बवियाविर्ता बस्ने बर्ष २५ की जिज्ञासा चौधरीको साथबाट भारतीय नगद रू २३,०००।–(तेईस हजार) बरामद गरी अनुसन्धान गर्दा उक्त हुण्डी कारोबारमा संलग्न जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं.-१३ झमेली चोक बस्ने बर्ष ३३ को अमृत कुमार साह सुडीलाई निजको घरबाटै नियन्त्रणमा लिई निजको घर कोठा खानतलासी गरी बरामद मोबाईलमा नगद भौचार, डिपोजिट रसिद समेत फेला परेको हुँदा निज समेतलाई आज मिति २०७८।०२।०६ गते अन्दाजी १५:३० बजे पक्राउ गरी आवश्यक अनुसन्धान कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय ईटहरी सुनसरीलाई बुझाउने कार्य भई रहेको ।
साथै निजहरूले मिति २०७७ सालको चैत्र महिना देखि हुण्डी कारोवार Whats App मार्फत विभिन्न बैकको नाम खाता नं. रकम जम्मा गर्ने र सो को विवरण समेत (Whats App) मार्फत पठाउने गरेको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको ।


बरामद सामान : 

(क) श्रवण चौधरीको साथबाट बरामद 

१) रु.१०००।– दरका रु.५५९ वटा 

२) रु.५०० दरका नगद रु.२९४२ वटा

३) रु.५० को दरका रु.५८० वटा 

४) NIC BANK को चेक थान-१

५) NABIL BANK को चेक थान-१

६) GLOBAL IME BANK को चेक थान-१

७)MACHHAPUCHCHHRE BANK को चेक थान-१

८) GARIMA BIKAS BANK को चेकको ठेली थान-१

९) NEW LIFE SAVING & CREADIT बैँकको चेकको ठेली थान-१


(ख) जिज्ञासा चौधरीको साथबाट बरामद

    १) भारतीय नगद रु.५०० दरका ४४ वटा


२) रु.२०० दरका ३ वटा

३) रु.१०० दरका ४ वटा


(ग) अमृत साह सुडीको घर कोठाबाट बरामद 

१) आई फोन सिक्स थान-१ 

२) रेडमी मोवायल थान-१  

३) नगद भौचार, डिपोजिट रसिद

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.