Websoft University

भारतमा दैनिक ९ लाख सम्म सङ्क्रमित थपिने वैज्ञानिकको चेतावनी


काठमाण्डौ बेशाख २४ गते । रातो तारा डट कम, अन्तराष्ट्रिय समचार,अमेरिकी वैज्ञानिकहरुले भारतमा मे महिनाको दोस्रो सातादेखि दैनिक कोरोना सङ्क्रमणको दर विश्वकै उच्च स्तरमा पुग्ने चेतावनी दिएका छन् । अमेरिकाको मिशिगन विश्वविद्यालयका महामारी विज्ञानका डाक्टर भ्रमर मुखर्जीले भारतमा जारी कोरोनाको दोस्रो लहरले मे महिनाको दोस्रो सातादेखि प्रतिदिन ८ देखि ९ लाख सङ्क्रमित हुन सक्ने र अवस्था झन् बढी भयावह बन्न सक्ने चेतावनी दिनुभएको हो । डाक्टर मुखर्जीले भारतमा महामारी नियन्त्रणका लागि तत्काल कडा कदम नचाले भारतको अवस्था निकै नाजुक बन्न सक्ने उल्लेख गर्नुभयो । भ्रमर महामारीसम्बन्धी तथ्याङ्क अध्ययन गर्ने वैज्ञानिक हुनुहुन्छ । उहाँले मार्च महिनादेखि नै भारतमा कोरोना महामारीको अवस्थाबारे अध्ययन गर्दै आउनुभएको थियो । उहाँले यसअघि नै भारतमा कोरोनाको दोस्रो लहरले अवस्था भयावह बन्न सक्ने चेतावनी दिइसक्नु भएको थियो । 






Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.