Websoft University

आजदेखि अन्तर्राष्ट्रिय उडानहरु बन्द


काठमाण्डौ बेशाख २४ गते । रातो तारा डट कम,कोरोना भाइरसको नयाँ भेरियन्ट फैलँदा महामारीको रुप लिइरहेका बेला सरकारी निर्णयअनुसार आजदेखि देशको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानहरु बन्द गरिएको छ । आन्तरिक उडानहरु बैशाख २० गतेदेखि नै बन्द भइसकेको छ । अन्तर्राष्ट्रिय उडानमा चार दिनको समयसीमा राखिएको कारण यो बीचमा विमानस्थल निकै व्यस्त हुन पुग्यो । गएको दुई दिनमात्र विमानस्थलबाट एक सय ७ वटा उडान भएका छन् । बैशाख १९ गते बसेको मन्त्रिपरिषद् बैठकले कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको सिफारिसअनुसार आन्तरिक र बाह्य उडान बन्द गर्ने निर्णय गरेको थियो ।


 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.