Websoft University

निषेधाज्ञाको अवज्ञा गर्ने सवारी साधान नियन्त्रण

काठमाडौ । रातो तारा डट कम,कपिलवस्तु , कोरोना संक्रमण  थप फैलिन नदिन तथा नियन्त्रण र व्यवस्थापन गर्न कपिलवस्तु जिल्लामा मिति २०७८।०१।२१ गते देखि निषेधाज्ञा लागु गरे पश्चात आज दोश्रो दिन मिति २०७८।०१।२२ गते यस जिल्ला र मातहत समेतले गरी विभिन्न स्थानमा निषेधाज्ञाको अवज्ञा गर्ने तथा आफु खुसी सवारी साधनमा आवत- जावत गर्ने व्यक्तिहरुबाट ९४-मोटरसाईकल, ४-अटोरिक्सा र १-ट्याक्टर गरी जम्मा ९९ थान सावारी साधनहरु नियन्त्रणमा लिई तोकिएको कानून बमोजिम आवश्यक कारवाही गरिएको छ ।


साथै अनावश्यक हिंड(डुल गर्ने व्यक्तिहरुलाई केही समय होल्ड गरी सम्झाई-बुझाई, मास्क प्रयोग नगरेका व्यक्तिहरुलाई मास्क समेत दिई घर पठाईएको छ । हाल विश्वकै अवस्था जीवन- मरणको संघारमा रहेको र मानवीय जगतको अस्तित्वका लागि पनि हामी केही समय घर भित्रै रहेर साथ र सहयोग गरिदिनु हुन जिल्ला प्रहरी कार्यालय, कपिलवस्तु हार्दिक अपिल गर्दछ । तपाईंहरु घरमै बस्नुहोस, हामी हजुरहरुको सुरक्षामा २४ घण्टा बाहिरै छौं ।




                                  


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.