Websoft University

गाइघाटमा प्रशासनले निषेधाज्ञा अझ कडा पार्ने


श्याम राई÷उदयपुर  गाईघाट, २३ बैशाख । रातो तारा डट कम, कोरोना संक्रमित गाउँ, गाउँमा देखापर्न थालेपछि स्थानीय प्रशासनले निषेधाज्ञा अझ कडा तुल्याएको छ ।

कोभिड–१९ संकट व्यवस्थापन समितिको विहीबार बसेको बैठकले कोरोनाको जोखिमलाई मध्ये नजर गर्दै निषेधाज्ञालाई कडाई गर्ने निर्णय गरेको हो । बैठकले पसल खोल्ने समय पनि घटाएको छ । यस अघि विहान १० बजेदेखि ३ बजे सम्म पसल खोल्न पाईनेमा अब शुक्रबारदेखि विहान ६ बजेदेखि १० बजे सम्म मात्र पसल खोल्न पाईने प्रमुख जिल्ला अधिकारी तुलसिराम सेढाईले बताए ।

खाद्धपदार्थ, खाना पकाउने ग्यास, तरकारी, फलफुल, दुध डेरी, निर्माण सामाग्री लगायतको अत्याबश्यक पसल बाहेक अरु पसल व्यवसाय पूर्ण रुपले बन्द गर्ने निर्णय भएको छ ।

दुई पाङ्गे मोटरसाईसाईकल संचालन हुँदै आएकोमा शुक्रबार मध्यरातीदेखि त्यस्ता सवारी साधन संचालनमा समेत रोक लगाईएको छ ।

सर्वसाधरणलाई अति आवश्यक काम वाहेक घर वाहिर निस्कन समेत रोक लगाईएको प्रजिअ सेढाईले बताए ।


गाईघाट, २३ बैशाख


६ वर्षिया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक किशोर पक्राऊ परेकाछन् ।

उदयपुरको बेलका नगरपालिका–३ विराजटोल बस्ने प्रविण ( नाम परिवर्तन) लाई प्रहरीले विहीबार पक्राऊ गरेको हो ।

आरोपीत किशोरले बैशाख १६ गते पिडित बालिकालाई ललाई फकाई करणी गरेको आरोप लागेको छ ।

घटनाको सम्बन्धमा प्रहरीले छानविन शुरु गरेको छ । पिडितका आफन्तले प्रहरीमा दिएको उजुरीको आधारमा किशोरलाई पक्राऊ गरिएको ईलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ ।




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.