Websoft University

प्रदेश १ मा ७९१ संक्रमित थपिए

 


विराटनगर, २३ वैशाख । रातो तारा डट कम,प्रदेश १ मा आज ७९१ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ३३७, झापामा १७८, सुनसरीमा १४५, ताप्लेजुङमा ४९, संखुवासभामा १४, इलाममा ११, उदयपुरमा ८, ते¥हथुममा ५, धनकुटा र पाँचथरमा २–२, भोजपुरमा १ र प्रदेश १ बाहिर ३९ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएकोछ ।  मोरङको विराटनगरमा ११७ महिला र १६६ पुरुष सहित २८३, बुढीगंगामा १३, सुन्दरहरैचामा ९, बेलबारीमा ७, रंगेलीमा ६, कटहरीमा ५, केराबारीमा ३, धनपालथान, रतुवामाई र पथरीशनिश्चरेमा २–२, मिक्लाजुङ, ग्रामथान, उर्लाबारी, सुनबर्षी र स्थानीय तह नखुलेका १–१, सुनसरीको धरानमा ५९, इटहरीमा ४३, देवानगञ्ज र दुहवीमा ९–९, बराहक्षेत्रमा ६, इनरुवा र कोशी गाउँपालिकामा ५–५, गढीमा ३, बर्जु र रामधुनीमा २–२, हरिनगर र भोक्राहानरसिंहमा १–१, झापाको दमकमा ५८, कमल गाउँपालिकामा २२, विर्तामोडमा २०, मेचीनगरमा १९, गौरीगञ्जमा १७, भद्रपुर र कनकाईमा १२–१२, शिवसताक्षीमा ६, बुद्धशान्ति र अर्जुनधारामा ४–४, गौरदहमा २, झापा गाउँपालिका र स्थानीय तह नखुलेका १, ताप्लेजुङको फुङलिङमा ४९ जनामा संक्रमण देखिएको छ । 

त्यसैगरि उदयपुरको त्रियुगामा ४, उदयपुरगढीमा २, कटारी र बेलकामा १–१ , संखुवासभाको चैनपुरमा ७, खाँदबारीमा ५, मादी र स्थानीय तह नखुलेका १–१, इलाममा ८, चुलाचुलीमा २ र रोङमा १, ते¥हथुमको म्याङलुङमा ५,  धनकुटाको छथर र शहिदभूमीमा १– १, पाँचथरको मिक्लाजुङ र फाल्गुनन्दमा १–१, भोजपुरमा १ र प्रदेश १ बाहिरका ३९ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३५ हजार ९२० पुगेको छ । संक्रमित भएका मध्ये ३० हजार ११३ संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या ५ हजार २७० पुगेको छ । प्रदेश १ मा आज १ हजार ७५१ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ३३० महिला र ४६१ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.