Websoft University

आजको फुटवल खेलमा पोखरा र एफसी चितवनबीच प्रतिस्पर्धा हुने


काठमाण्डौ बेशाख २४ गते । रातो तारा डट कम,फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज एक मात्र खेल हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने आजको खेलमा पोखरा थण्डर्स र एफसी चितवनबीच प्रतिस्पर्धा हुनेछ । पोखरा र चितवनबीचको खेल साँझ साढे ५ बजेबाट सुरु हुनेछ । आजको खेलमा पोखरा जित निकाल्दै प्लेअफमा पुग्ने सम्भावनालाई कायम राख्न चाहन्छ । पोखराको यस खेल लिगचरणकोअन्तिम खेलहो । पोखरा ५ खेलमा ५ अङ्क जोडेर छैटौं स्थानमा रहेको छ । प्लेअफको सम्भावना कायम राख्न पोखरालाई आजको खेल जित्नै पर्ने दबाब छ । पराजित भएको खण्डमा पोखरा प्रतियोगिताबाट बाहिरिनेछ । यस्तै  चितवन पनि जित निकाल्दै प्लेअफको सम्भावना कायम राख्न चाहन्छ । ४ खेलमा २ अङ्क जोडेको चितवन पुछारमा रहेको छ । चितवनलाई प्ले अफ सम्भावना कायम राख्न बाँकी दुई खेल जित्नै पर्ने दबाब रहेको छ । पोखरासँग पराजित भएमा चितवन पनि प्रतियोगिताबाट बाहिरिनेछ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.