Websoft University

इटहरी उपमहानगरले नगर बासीलाइ संकटको वेला घरघरमै स्वास्थ्यसेवा उपलब्ध गराउदै


सुनसरी इटहरी बैशाख २४ गते । रातो तारा डट कम,इटहरी अस्पतालद्धारा निशूल्क टेलिमेडिसिन दिन  सुरु गरेको छ। कोरोना महामारीको यो समयमा इटहरीमा घरमै बसि बसि स्वास्थ सेबा लिन सकिने भएको छ । इटहरी उपमहानगरपालिका द्वारा सञ्चालित इटहरी अस्पतालले टेलिमेडिसिन सेवा सुरु गरेको हो । इटहरी उपमहानगरपालिका क्षेत्रका नागरिकका लागि  स्वास्थ्य उपचार सल्लाह तथा परामर्श दिने उदेश्यले कोभिड १९ रोगको महामारी अवधि भरी विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको टिमवाट  उपचार सेवा सुरु गरिएको इटहरी अस्पतालका इमरजेन्सी इन्र्चाज रामकुमार धमलाले जानकारी दिनुभयो ।इटहरी अस्पतालको टेलिमेडिसिन सेवा लिन चाहनेले प्रत्येक दिन विहान १० देखि २ वजे सम्ममा मोवाईल नं ९७४१७७७७०१ वा ०२५५८०१५० मा फोन गरेर स्वास्थ्य समस्या टिपाउनुपर्ने छ । हाल सम्मको ओपिडी पूर्जा, रिर्पोट तथा अस्पतालको अन्य कागजपत्रहरु सोही नंम्वरको  वाट्सएप वा इटहरी अस्पतालको फेसवुक पेजमा पठाउनुपर्ने जनाइएको छ । त्यसपछि, इटहरी अस्पतालको सम्वन्धित चिकित्सक वा स्वास्थ्यकर्मीहरुले विरामीको स्वास्थ्य समस्या अनुसार सल्लाह र परामर्श दिइने छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.