Websoft University

कोरोना भाइरसको जोखिमबाट बच्नका लागि सुन्दरहरैंचा नगरपालिकाले गर्यो यस्तो निर्णय

 

मोरङ । रातो तारा डट कम, सम्पूर्ण नगरवासीलाई यो कोरोना भाइरस कोभिड भेरिएन्टको विरुद्धको द्रोश्रो महामारीको लहर रोकथाम गर्न सुन्दर हरैंचा नगरपालिकाको  कार्यपालिकाको बैठकले महत्वपूर्ण निर्णयहरू गरेको छ।  नगर प्रमुख शिव प्रसाद ढकालले नगर क्षेत्र भित्र सामुदायिक तथा संस्थागत बिधालयको परिक्षा सुरक्षा मापदण्ड अपनाई बैशाख १९ गते समपन्न गरेको बताए।  नेपाल भारत सिमा नाका भन्दा बाहिरबाट आउने तथा जाने बिबाह असहज परिस्थिति रहुन्जेल स्थगित गरि बिबाह, भोज, ब्रतबन्ध, पार्टी तथा मलामीमा २५ जना भन्दा बढी सहभागी नहुने जनाएको छ।  यदि २५ जना भन्दा बढी सहभागी भएको पाइएमा स्थानीय प्रहरी प्रशासन मार्फ कारबाही हुने जानकारी दिए।

बुधबार नगरप्रमुख शिवप्रसाद ढकालले आफ्नो कार्यकक्षमा पत्रकार सम्मेलन गर्दै नगरको दुर्गादेवी दूलाल सुन्दरहरैंचा स्पोर्टस ग्राम सलकपुरमा ६५ शैंया र सुन्दरहरैंचा उद्योग वाणिज्य सङ्घमा ३५ शैंयाको होल्डिङ सेन्टरको ब्यवस्था गरिएको बताउनु भयो ।

ढकालले पत्रकार सम्मेलनमा कोभिडका कारण कुनै पनि नगरवासीले ज्यान गुमाउनु नपरोस भनेर सम्पूर्ण पूर्वाधार तयार गरिरहेको बताउनु भयो । उहाँले १०० शैंयाले अपुग भए सिग्देल बन्धु प्रतिष्ठान, मङ्गल स्मृति सामूदायिक जेसीज भवन र हरैंचा सामूदायिक भवनलाई होल्डिङ सेन्टरका रुपमा तयार राखिएको बताउनु भयो । नगर प्रमुख ढकालले भन्नुभयो – एकद्वार प्रणालीबाट सुन्दरहरैंचा –८ को कवर्ड हलमा शंकास्पद विरामीकाे स्वाब परीक्षण गर्ने ब्यवस्था मिलाइएको छ । उहाँले नगरवासीको निशुल्क स्वाब परीक्षण गर्ने ब्यवस्था मिलाइएको बताउँदै एउटा एम्बुलेन्स २४ घण्टा बिरामीको सुबिधाको लागि निशुल्क ब्यवस्था गरिएको बताउनु भयो ।

होल्डिङ सेन्टरमा १ सय थान अक्सिजन सिलिण्डरको व्यवस्था गरिने बताउँदै उहाँले भन्नुभयो – सकेसम्म हामी कुनै नगरवासीलाई मर्न दिँदेनौं । भबितब्य मृत्यु भइहाले मृत शरिरलाई ब्यवस्थापनका लागि शव बाहनको समेत ब्यवस्था गरिएको छ । सुरक्षाका लागि प्रहरीलाई आवश्यक पर्ने सबै सुविधा नगरले ब्यवस्थापन गर्ने उहाँको भनाई छ ।

कोभिड ब्यवस्थापनमा खट्ने स्वास्थ्यकर्मीलाई विशेष सुविधा र बीमाको ब्यवस्था नगरले नै गर्ने ढकालले बताउनु भयो । थप उपचारका लागि पूर्वाञ्चल विश्व विद्यालयको आइसोलेनमा पठाइने नगर प्रमुख ढकालले बताउनु भयो । विश्व विद्यालयसँग समन्वय भइरहेको छ ।

नगरपालिका दूध, मासु, माछा र तरकारीमा पूर्ण रुपमा आत्मनिर्भर रहेकोले परिस्थिति सहज नभएसम्म बाहिरबाट कुनै प्रकार माछा मासुु र तरकारी , दूध आयात हुन नदिने ढकालले बताउनु भयो । यस्तै आजैबाट नगरका सबै मूख्य बजारको अनुगमन सुरु गरिएको उहाँले बताउनु भयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.