Websoft University

चेल्सी समग्रमा ३–१ को नतिजा सहित फाईनल प्रवेश


काठमाण्डौ बैशाख २३ गते । रातो तारा डट कम,चेल्सी च्याम्पियन्स लिग फुटबलको फाईनलमा प्रवेश गरेको छ । सेमिफाईनलको दोस्रो लेगको खेलमा स्पेनिस क्लब रियल मड्रिडलाई २–० ले पराजित गर्दै चेल्सी फाईनल प्रवेश गरेको हो । प्रिमियर लिग क्लब चेल्सी समग्रमा ३–१ को नतिजा सहित फाईनल प्रवेश गर्न सफल भएको छ । दोस्रो लेगको खेलमा चेल्सीलाई जित दिलाउन टिमो वार्नर र मिसन माउण्टले एक एक गोल गर्नुभयो । अब चेल्सीले टर्कीको इस्तानबुलमा च्याम्पियन्स लिगको फाईनल खेल्नेछ । चेल्सीले च्याम्पियन्स लिगको उपाधिका लागि प्रिमियर लिग क्लब म्यान्चेष्टर सिटीसँग प्रतिस्पर्धा गर्नेछ । सिटीले मंगलबार राति पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई पराजित गर्दै फाईनल यात्रा तय गरिसकेको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.