Websoft University

युवा संघ नेपाल सुन्दरहरैंचा नगर कमिटीको स्थापना दिवसमा स्वास्थ्य सामाग्री बितरण

 


शिव भट्टराई,मोरङ । रातो तारा डट कम,आज युवा संघ नेपालको स्थापना दिवसको दिन युवा संघ नेपाल सुन्दरहरैचा नगर कमिटी द्वारा कोरोनाको महामारीले अझै बिकराल रुप लिएर यातायातको सुबिधा बाट बन्चित भएर एम्बुलेन्सको आस गर्दा गर्दै कोहिपनि सुन्दर हरैचा वासीले ज्यान गुमाउनु नपरोस् भन्ने मनसायको साथ अटो रिक्सा लाई आज युवा संघ नेपाल सुन्दर हरैचा नगर कमिटीले यातायात सेवा प्रवाह गर्ने प्रयास गरेको छ ।

अटो एम्बुलेन्सको अवधारणा लाई सफल बनाउन अटो एम्बुलेन्स सेवा प्रवाह गर्न एम्बुलेन्सको अभाव परिपुर्ति गर्न युवा संघ नेपालले ५ (पाँच) वटा अटो एम्बुलेन्स लाई PPE , अक्सिजन , सेनिटाइजर , माक्स , पन्जा वितरण गरियो ।

यस कार्यमा राष्ट्रिय युवा संघ नेपाल सुन्दरहरैचा नगर फ्याक्सन इन्चार्ज तथा वडा न १२ का निर्वाची वडा अध्यक्ष रोसन ढकाल, राष्ट्रिय युवा संघ केन्द्रीय कमीटी सदस्य निरज ढकाल , राष्ट्रिय युवा संघ मोरङ जिल्ला कमीटी सदस्य केशब बास्तोला, राष्ट्रिय युवा संघ सुन्दरहरैचा नगरकमीटी अध्यक्ष जय प्रकास रायमाझी , उपाध्यक्ष सेखर निरौला, सचिव अानन्द बस्नेत , सह सचिव सम्भु धमला, नगरकमीटि सदस्य उदय फुयल , घनस्याम घले गुरुङ र भ्रष्टाचार बिरुद्ध का अभियान कर्ता सागर प्राद जम्मर कट्टेल उपस्थिती रहेको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.